छाडा पशु छोड्नेलाई कारबाही गर्ने वेदकोट नगरपालिकाको चेतावनी

धनगढी- कञ्चनपुरको वेदकोट नगरपालिकाले छाडा पशु छोड्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले केही दिनयता गाउँबस्तीबाट चौपाया ल्याएर सडक र सार्वजनिक स्थानमा छोड्ने गरिएको र यसले समस्या उत्पन्न भएको उल्लेख गरेका छन्।

छाडा चौपायाका कारणले सडक दुर्घटना, कृषकको अन्नबालीमा क्षति भएको र नगरको सौन्दर्यतामा ह्रास आएकाले छाडा नछोड्न सूचनामा भनिएको छ। केही दिन अघि खाल्डोमा गाडिएको अवस्थामा केही गाई फेला परेपछि यसको विरोध भइरहेको छ। स्थानीयहरूले भने छाडा गाईगोरु व्यवस्थापनको माग राख्दै पनि नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र चौपाया ल्याएर छोड्ने गरिरहेका छन्।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...