विश्वकप क्वाटर फाइनलदेखिका खेल फिल्म हलमा देखाइने

काठमाडौँ- कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल देखिका खेल फिल्म हलमा हेर्न पाइने भएको छ। शुक्रबारदेखि शुरु भएको क्वाटर फाइनल खेल बानेश्वर र कालिमाटीमा रहेको वान सिनेमाजले देखाउन लागेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

विश्वकपका कारण हलमा फिल्म हेर्ने दर्शकमा भारी गिरावट आएको छ। वर्तमान अवस्थामा फुटबलको क्रेजलाई मद्देनजर गर्दै हलहरूले सशुल्क फुटबल खेल देखाउने तयारी गरेका हुन्। क्वाटर फाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया, दोस्रो खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना तथा शनिबार हुने तेस्रो र चौथो खेलमा मोरक्को र पोर्चुगल तथा फ्रान्स र इङल्याण्ड भिड्दै छन्।

Navadurga sun
Godawari sandesh

त्यस्तै राजधानीको कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल हलमा देखाउने भएको छ भने क्युएफएक्सले फाइनल खेल मात्रै हलमा देखाउने तयारी गरेको छ। यी बाहेक आइएनआई, सिडिसी, बिएसआर लगायतका मल्टिप्लेक्सले पनि विश्वकप देखाउने तयारी गरिरहेका छन्।

Couple
Loading...