दार्चुलामा एमाले कार्यकर्ताको हत्या, वडाअध्यक्ष र पूर्ववडाअध्यक्षसहित तीनजना पक्राउ

कञ्चनपुर- दार्चुलामा नेकपा एमाललेका एकजना कार्यकर्ताको हत्या आरोपमा व्याँस गाउँपालिकाका बहालवाला वडाध्यक्ष र निवर्तमान वडाध्यक्ष पक्राउ परेका छन्। हत्या आरोपमा सोधपुछका लागि व्याँस गाउँपालिका–४ का झुनसिंह विष्ट, संग्रामसिंह विष्ट र मोहनसिंह विष्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Ganyapdhura gau

झुनसिंह व्याँस गाउँपालिका–४ का बहालवाला वडाध्यक्ष हुन्। संग्रामसिंह त्यहीँका निवर्तमान अध्यक्ष हुन। व्याँस गाउँपालिका–४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या घटनाको अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राजेश शाहीले बताए। दार्चुलामा एमाले कार्यकर्ताको शव भेटियो, हत्याको आशंका

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘घटनाको अनुसन्धानको लागि हिजो ३ जनालाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘पाँच दिनको म्याद थप गरेर हिरासतमा उनीहरुलाई सोधपुछ भइरहेको छ।’ प्रतिनिधि र प्रदेश सभा चुनावअन्तर्गत मतदानको दिन मंसिर ४ गते नरसिंह घरनजिकै खोल्सामा मृत फेला परेका थिए। उनको शरीरमा चोटपटक लागेको थियो।

दार्चुला सदरमुकाम खलंगामा होटेल व्यवसायमा रहेका विष्ट मतदान गर्न मंसिर ३ गते घर गएका थिए। त्यही दिनदेखि बेपत्ता उनको अर्को दिन घर नजिकै शव भेटिएको थियो। घटनालगत्तै प्रहरीले स्थानीय २५ वर्षीय दीपक विष्टलाई नियन्त्रणमा लिएर सार्वजनिक गरिसकेको छ। प्रहरीसँग उनले आफू घटनामा संलग्न रहेको बयान दिएका थिए।

अभियुक्तले मङ्सिर ३ गते राति १० बजेतिर व्याँस–४ स्थित दार्चुला–तिंकर सडक खण्डमा नरसिंह विष्ट भेट भएको बताएका थिए। आफूले मादक पदार्थ सेवन गरेकाले त्यसक्रममा विवाद भएपछि टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको बयान दिएका थिए। उनीविरुद्ध पीडितपरिवारले किटानी जाहेरी दिएका थिए। हत्या घटनामा सार्वजनिक गरिएका दीपकले अन्यको नाम पनि लिएपछि जनप्रतिनिधिसहित थप तीनजनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

Couple
Loading...