प्रधानमन्त्री देउवा आज धनगढी आउदै

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउदै छन्। सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा आज धनगढी आउन लागेका हुन्। दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

Navadurga sun

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।

ADD Khali jpg
ADD Khali jpg
Loading...