सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान सांंसद चौधरीले गरिन ल्यापटप फिर्ता

अत्तरिया- सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान सांंसद चुनकुमारी चौधरीले ल्यापटप फिर्ता गरेकी छिन् । उनले निर्वाचित भएपछि प्रदेश सभा सचिवालयबाट लिएको ल्यापटप मंगलबार फिर्ता गरेकी हुन् ।

प्रदेश सभा सचिवालय अधिकृत युवराज जैशीले निवर्तमान सांसद चौधरीले आफूसंग राखेको ल्यापटक फिर्ता गरेको बताएका छन ।

Navadurga sun

उनले निवर्तमान सांसद चौधरी संग अब सचिवालयबाट लिएको कुनै पनि प्रकारको नगदी/जिन्सी बुझाउन बाँकी बक्यौता नरहेको जानकारी दिए ।

चौधरी कैलाली क्षेत्र नम्बर ४ (२) बाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् । उनी त्रिलोचन भट्ट नेतृत्वको सरकारमा राज्यमन्त्री समेत बनेकी थिइन् ।

ADD Khali jpg
Loading...