पुल मर्मत नुहँदा, आवागमनमा सास्ती

बाजुरा- गत वर्षामा भत्किएका बाजुराका झण्डै नौ वटा झोलुङ्गे पुल अहिलेसम्म मर्मत नहुँदा सो पुलबाट स्थानीयलाई आउजाउमा निकै सास्ती छ । २०७८ र०७९ को साउनमा आएको बाढीपहिरोका कारण बाजुराका झण्डै १२५ झोलुङ्गे पुल मध्ये नौ वटा पूर्ण रूपमा क्षति भएपछि अहिले स्थानीयलाई समस्या परेको हो ।

खप्तड छेडेदह गाउँपालिका वडा नं –३ गुदुका स्थानीय पार्वती रावतले, गत बर्खाको बाढीपहिरोले गुदुखोलाको झोलुङ्गे पुल भत्काएपछि अहिले आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको बताए। गत बर्खाको बाढीपहिरोले गौमुल गाउँपालिका को घटमुना, सिममाडी, माडी,बडिमालिका नगरपालिकाको भत्तेबगर, जडाङ्गा स्वामिकार्तिक र जगनाथ खप्तड छेडेदह गाउँपालिका गुदुगाड लगायतका स्थानमा रहेको झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ ।

Navadurga sun

गौमुल गाउँपालिकाको अजयकोट, सिममाडी, अदरा, ओडार, जडाङ्गा त्रिवेणी नगरपालिकाको फल्ने तोला स्वामिकार्तिक र जगनाथको बालुवामा रहेको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ । बाजुरामा रहेका झण्डै १२५ झोलुङ्गे पुलहरू मध्ये नौ वटा पुलमा निकै क्षति भएपछि स्थानीय सरकारको पहलमा अहिले ती पुल मर्मत गर्ने तयारी भइरहेको पीसविन बाजुराका झोलुङ्गे पुलहरु टेक्निल अफिसर खडक जोशीले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...