सुदूरपश्चिम प्रदेशको ६ सहित देशभरीका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

अत्तरिया, ६ जेठ – स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशको ६ सहित देशभरीका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गराउन सम्झौता गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ ।

डाक्टर अधिकारीका अनुसार सुदूरपश्चिम प्रदेशमा निसर्ग अस्पताल प्रालि, नवजिवन अस्पताल, माया मेट्रो अस्पताल र कैलाली अस्पताल धनगढीले संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।

Navadurga sun

त्यसैगरी पदमा अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पताल अत्तरियाले पनि संक्रमितको निःशुल्क उपचार गर्ने जनाइएको छ । डाक्टर अधिकारीका अनुसार अस्पतालहरुले कोभिड-१९ केयर युनिट संचालन गर्न स्वास्थ्य मन्त्रालयसँग सम्झौता समेत गरिसकेको बताए ।

अबदेखी यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नसक्ने भएमा उनीहरुको अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने हुन्छ । ती बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने डाक्टर अधिकारीको बताएका छन् ।

‘कुनै पनि कोरोना संक्रमितले मेरो उपचार खर्च म तिर्न सक्दिन वा तिर्दिन सरकारले नै मेरो उपचार गर्नुपर्छ भन्यो भने, त्यस्ता बिरामीको पनि यी निजी अस्पताल तथा मेडिकल कलेजमा निःशुल्क उपचार हुन्छ,’ डाक्टर अधिकारीले भने, ‘यी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरेबापत लागेको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्छ ।’

निजी अस्पताल र मेडिकल कलेजको उक्त सूचीमा निजामती अस्पताल पनि रहेको मन्त्रालयले जनाएको छ । निजामती अस्पतालमा पनि यो सुविधा लागू हुने छ । डाक्टर अधिकारीका अनुसार सरकारी अस्पताल तथा केही मेडिकल कलेजहरुमा यसअघि नै कोरोना संक्रमितको निःशूल्क उपचार हुँदै आइ रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...