अत्तरिया- कैलालीको अत्तरियामा ३१ औँ अन्र्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । नगरस्तरीय अपाङ्ग कार्य संजाल गोदावरी तथा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमको आयोजनामा दिवस मनाईएको हो ।






राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष मन बहादुर साँउदको साभापतित्व तथा समाजिक विकास मन्त्रालयका उपसचिव गणेश बहादुर सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गोदावरी नगरपालीकाका उपप्रमुख शारदा देवी रोकाया, नेत्रहिन युवा संघका अध्यक्ष अर्जुन रावल लगायत विभीन्न संघसँस्थामा आवद्ध व्यत्तिहरु,सुप समावेशी आधारभुत विद्यालयका विधार्थी लगायतको सहभागीता रहेको थियो ।





औपचारिक कार्यक्रम सुरु हुनुअघि सहभागीहरुले र्याली निकालेका थिए । कार्यक्रममा आफ्नो धारणा राख्दै नेत्रहिन युवा संघका अध्यक्ष अर्जुन रावलले संविधानले व्यवस्था गरेबमोजीमको अधिकार कार्यान्वयन नभएको बताए । अपाङ्गता भएका व्यत्तिलाई अपाङ्गमैत्री भौतिक संरचना हरु संगै अपाङ्गमैत्री सोच समेत आवश्यक रहेको बताए । उनले सरकारी कार्यालयमा अपाङ्गता भएको व्यत्ति पुग्दा उपमानजनक व्यवहार भोग्नु परेको गुनासो गरेका छन् ।
समाजिक विकास मन्त्रालयका उपसचिव गणेश बहादुर सिंहले अपाङ्गता भएका व्यत्तिहरुलाई उचित न्याय दिनकालागी आफुहरु संधै प्रयासरत रहेको बताए । उनले अपाङ्गता भएको व्यत्ति पनी समाजको बलीयो खम्बा भएको हुँदा सम्मानजनक व्यवहार आवश्यक रहेको बताए ।




