दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

Dadeldhura hospital

दार्चुला- दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Ganyapdhura gau

शुक्रवार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक इन्स्पेक्टर राजेश शाहीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...