


धनगढी- बाजुरामा जारी मतगणनामा शनिबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेशसभातर्फ सत्ता गठबन्धनका उम्मेदावरहरूको अग्रता छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अग्रस्थानमा छन् । पाण्डेले ११ हजार ७६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कर्णबहादुर थापाले ८ हजार ८५२ मत पाएका छन् ।



कांग्रेुका पाण्डे एमालेका थापाभन्दा २ हजार २२४ मतले अगासड छन् । प्रदेशसभातर्फ ९१० मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही अगासड छन् । शाहीले ५ हजार १३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार बलदेव रेग्मीले ३ हजार ९२८ मत छ ।


यस्तै प्रदेश सभा ९२० तर्फ कांग्रेस उम्मेदवार पदमबहादुर शाहीको ९ हजार २२ मत पुग्दा एमाले उम्मेदवार लालबहादुर थापाको ७ हजार ४४७ मत छ । बाजुरामा कूल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ । प्रदेश ९१० मा २० हजार ९९४ र ९२० मा २९ हजार १५८ मत खसेको छ ।





