कैलालीको मालाखेती अस्पतालको अध्यक्षमा डा.नरबहादुर मौनी नियुक्त

अत्तरिया- कैलालीको मालाखेती अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा.नर बहादुर मौनीलाई नियुक्त गरिएको छ । गोदावरी नगरपालिकाले वडा नम्बर-३ मा रहेको अस्पतालमा मौनीलाई ५ बर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरिएको हो।

मौनीलाई नगरपालिका नगरप्रमुख बिरेन्द्र भट्टले अध्यक्ष नियुक्त भएको पत्र बुधबार ह्स्तान्तरण गरेका छन् । नगरपालिका मातहतमा रहेको यस अस्पतालमा यसअघि नगरप्रमुख नै अध्यक्ष रहदै आएकोमा अस्पताल व्यवस्थापन समितिको निर्देशिका २०७९ मा उक्त प्रावधान परिवर्तन गरी मौनीलाई अध्यक्षमा नियुक्त गरिएको छ ।

Navadurga sun

डा. मौनी अत्तरियामा रहेको पद्मा अस्पतालका प्रबन्ध निर्देशक र रेडक्रम उपशाखा अत्तरियाका अध्यक्ष पनि हुन । अस्पतालको ब्यबस्थापकिय सुधारको लागि उनलाई जिम्मेवारी दिइएको हो । उक्त समितिमा नगर प्रमुखलाई संरक्षकको रुपमा राखिएको छ।

त्यस्तै समितिमा ६ जना सदस्य रहेका छन । जसमा वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थी, अत्तरिया उद्योग बाणिज्य संघका सदस्य देवराज भट्ट, नगरप्रमुखले तोकेका स्थानीय समाजसेवी देवेन्द्र राज जोशी, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, मालाखेती अस्पतालका प्रमुख डा. अन्वेश कोइराला सदस्य सचिव रहेका छन । एक जना महिला सदस्य भने मनोनय गर्न बाँकी रहेको छ ।

नगरपालिकाले यसअघि ‘अस्पताल व्यवस्थापन समिति गठन निर्देशिक २०७९’ निर्माण गरी कार्यपालिका बैठकबाट पारीत गरेको थियो । सो निर्देशिकामा समितिको काम, कतव्य र अधिकार समेत निर्धारण गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...