कृष्णपुर ५ मा विद्यालय भवनको शिलान्यास

प्रकाशबहादुर बोहरा
अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न ५ सिद्धार्थ टोलमा रहेको श्री सयपत्री आधारभुत विद्यालयमा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ ।

बुधबार बैदिक विधिपूर्वक पूजाआजा गरी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले भवनको शिलान्यास गरेका हुन्।

Navadurga sun

भवनको शिलान्यास गर्दै नगर प्रमुख ओझाले सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नआएसम्म राष्ट्रले असल नागरिक नपाउने भन्दै सबै तह र तप्का मिलेर सरकारी विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनुपर्ने बताए । आधारभुत तहसम्म पढाइ हुने सयपत्रीमा अहिलेसम्म एउटा पनि पक्की छानो भएको भवन नहुँदा पठनपाठनमा असहज भैरहेकाले नगरप्रमुख ओझाले बिल्ड अन नेपालसँग समन्वय गरेर पक्की भवनको निर्माणको तयारी थालिएको बताए ।

सयपत्री आधारभुत विद्यालयमा आउने नयाँ शैक्षिक सत्रमा सुविधा सम्पन्न भौतिक संरचना पनि थपिने भएकोले अब अंग्रेजी माध्यममा पनि पठनपाठन सुचारु गराउन विद्यालय तयार हुनुपर्ने र त्यसका लागि नगरपालिका सहयोग गर्न तयार रहेको समेत बताउनु भयो ।

कृष्णपुर नगरपालिका र बिल्ड अन नेपालको संयुक्त साझेदारीमा ३ कोठे पक्की भवन र २ कोठे शौचालयको निर्माण हुन थालेको नगर प्रमुख ओझाले बताए ।

शिलान्यास कार्यक्रममा कृष्णपुर नगरपालिका वडा न ५ र ८ का वडाध्यक्ष, साझेदारी संस्था बिल्ड अन नेपालका कर्मचारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...