सुदूरपश्चिममा डेंगुबाट हालसम्म ३ जनाको मृत्यु, १३ सय जना बिरामी

बैतडी- सुदूरपश्चिम प्रदेशमा पनि फैलिएको डेंगु घट्न थालेको छ। प्रदेशमा सन् २०२२ को शुरुदेखि हालसम्म डेंगुबाट ३ जनाको मृत्यु् भइसकेको छ भने करिब १ हजार ३ सय जना डेंगुबाट बिरामी भएका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रणसम्बन्धी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेंगुबाट कैलालीमा २ र अछाममा १ जनाको मृत्यु भएको हो। प्रदेशभरि १ हजार २७२ जना डेंगुका बिरामी भएका छन्।

यस प्रदेशको तराई जिल्ला कैलालीमा सबैभन्दा बढी ४३० जना डेंगुका बिरामी छन्। तराईकै अर्को जिल्ला कञ्चनपुरमा २१४ जना डेंगुका बिरामी पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। अन्य ७ पहाडी जिल्लामध्ये सबैभन्दा बढी दार्चुलामा डेंगुबाट ३३२ जना बिरामी भए। डोटीमा ८४ जना, बैतडीमा ७३ जना, डडेल्धुरा र अछाममा ४०र४० जना, बझाङमा ३३ जना र बाजुरामा २७ जना बिरामी भएको जोशीले बताए।

Navadurga sun

लामखुट्टेको टोकाईबाट हुने डेंगु पछिल्लो समय चिसो बढ्दै गएपछि भने घट्दो क्रममा छ। गर्मी र वर्षातको समयमा बढी देखिए पनि हाल बिरामीको संख्या घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए।

‘गर्मी र वर्षातको समयमा बढी देखिए पनि पछिल्लो समय भने फाट्टफुट्ट रुपमा मात्रै देखिने गरेको छ‚’ उनले भने, ‘वर्षातको समयमा दैनिक रुपमा बिरामी देखिने गरेकाले जोखिम निकै बढेको थियो। संक्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था पनि आयो तर अहिले भने त्यो जोखिम घटेको छ।’

वर्षातमा दैनिक रुपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। डेंगु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने लगायतका लक्षण देखा पर्छन्।

यसका साथै गम्भीर प्रकृतिको डेंगु भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिने जस्ता लक्षण देखा पर्ने निर्देशनालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...