

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अधुरा अपुरा नाप नक्साको काम सुरु गर्ने भएको छ । नगरपालिकाले आज आईतबार सूचना जारी गर्दै २०६७ सालमा नाप नक्सा भइ सेतो पुर्जा प्राप्त गरेका र अन्य अपुरा काम पूरा गरि रातो पुर्जा प्राप्तीका लागि वार्ड न. ७, ८ र ९ मा फिल्ड नाप, जाँच गर्ने भएको हो ।



वडामा रहेका सरोकारवालाहरुले आफुसँग भएका सक्कलै सेतो पुर्जा वा प्रतिलिपि सहित उपस्थित हुन सूचना जारी गरेको छ । नगरपालिकाले उक्त कार्य मंसिर १६ गते शुक्रबार मध्यान्ह १२ बजे वडा नं. ७ को शान्तिपुर टोलको शिव मन्दिरबाट सुरु हुने सूचनामा जनाएको छ ।


जारी सूचना:
