ठेक्काबिना कर्णालीबाट ढुङ्गा सङ्कलन

टीकापुर- टीकापुर नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको ठेक्का नलगाउँदै कर्णाली नदीमा ढुङ्गा सङ्कलन सुरु गरिएको छ। नगरपालिकाले अघिल्ला वर्षदेखि ढुङ्गा, गिट्टी, बालुवा उठाउन रोक लगाएको टीकापुर पार्कपछाडिको क्षेत्रमा यसरी ढुङ्गा उठाउन थालिएको हो।

नदीको किनारपट्टि उत्खनन बढेका कारण कर्णाली नदी टीकारपुरतिर सोझिइरहेका बेला टीकापुर पार्क पछाडि थुप्रिएको ढुङ्गा उठाए जोखिम बढ्ने स्थानीयवासीको भनाइ छ।

Navadurga sun

टीकापुर नगरपालिकालले विगत तीन वर्षदेखि यस ठाउँमा जथाभाबी उत्खनन रोकेको भए पनि यस वर्ष मनपरी ढुङ्गा उठाउँदा फेरि तल्लो तटका मानिसलाई जोखिम बढाउने टीकापुर–१ का सुरतबहादुर कुँवरले बताए । यस क्षेत्रमा नदीले कटान गरिरहेका बेला पछिल्ला वर्षमा नगरपालिकाले रोक्दा सुरक्षित हँुदै गएकाले यहाँबाट ढुङ्गा उठाउन रोक्नुपर्ने कुँवरको भनाइ छ।

पैसा कमाउने नियतले भइरहेको चोरी निकासी रोकेर स्थानीय सरकारले व्यवस्थित उत्खनन गर्नुपर्ने रामप्रसाद रिमालले बताए । अर्का स्थानीय गोविन्द रावल पनि टीकापुरको दुःख बाढीबाट जोगिन किनारको ढुङ्गा, गिट्टी, बालुवा उठाउन रोक्नुपर्ने सुझाव दिए ।

टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले थोरै राजस्वको लोभमा ठूलो धनजनको क्षति हुन लागेकाले थुप्रिएको नदीजन्य पदार्थको उत्खनन व्यवस्थित रूपमा गरिने र ठेक्का नै नखोलेको ठाउँमा कसैले ढुङ्गा उठाउन लागे तत्काल रोक्ने बताए । उपप्रमुख शाहले माथिल्ला क्षेत्रका लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले लगाउने ठेक्काले पनि टीकापुरमा प्रभाव पर्ने भएकाले यसलाई सकेसम्म रोक्न र ठेक्का लगाइहाले पनि व्यवस्थित गरिदिनुपर्ने बताए । शाहका अनुसार नदी उत्खननबाट आउने बाढी र त्यसले गर्ने क्षति तीनवटै पालिकाको साझा समस्याका रूपमा लिनुपर्दछ।

ढुङ्गा कारोबारीले आफूलाई सजिलो हुने स्थानबाट ढुङ्गा सङ्कलन गरेर बेच्ने गरेका छन्। यहाँबाट उठाएको एक ट्याक्टर ट्रली ढुङ्गाको मूल्य आठरदस किलोमिटर नजिकका टीकापुर, राजापुर बजारमा पु¥याए पाँच हजार रुपियाँमा बेच्ने गरेका छन्। विज्ञले कर्णालीको विपत्बाट बच्न नदीकिनारको उत्खनन बन्द गर्नुपर्ने र बीचमा बनेका टापुहरू उठाएर नदीको बाटो खुलाउनुपर्ने सुझाव दिँदै आएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...