कैलालीमा मतदानमा न्यून सहभागिता, कुल मतको ५९ प्रतिशत मत मात्रै खस्यो

Purbadhar dadeldhura

धनगढी- मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कैलालीको कुल मतमध्ये न्युन मत खसेको छ । कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकोमा तीन लाख १९ हजार २२ मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । जसको ५९ प्रतिशत हुन आउँछ । प्रतिनिधी सभा तथा प्रदेश सभाका क्षेत्रहरुमा पनि कुल मतको आधा प्रतिशत मात्रै मत खसेको छ ।

कैलालीका पाँच वटा निर्वाचन क्षेत्र मध्ये प्रतिनिधि तथा प्रदेश सभामा सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा खसेको छ । यस्तै सबै भन्दा कम मत क्षेत्र नम्बर ४ मा खसेको हो । क्षेत्र नम्बर ५ पछि सबै भन्दा बढी क्षेत्र नम्बर १ मा खसेको छ ।

यस्तै क्षेत्र नम्बर १ पछि अन्य क्षेत्र नम्बर ३ मा खसेको छ भने क्षेत्र नम्बर ३ पछि कम मत क्षेत्र नम्बर २ मा खसेको प्रदेश निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ ।निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभामा एक लाख पाँच हजार सात सय ९३ मतदाता रहेकोमा ६५ हजार पाँच सय ९६ मत मात्रै खसेको छ । जसको ६२ प्रतिशत मात्रै मत खसेको हो । क्षेत्र नम्बर ४ मा भने सबै भन्दा कम मत खसेको छ ।

क्षेत्र नम्बर ४ मा एक लाख १० हजार चार सय ५३ मतदाता रहेकोमा ६३ हजार चार सय ४३ मत मात्रै खसेको हो । जसको ५७ प्रतिशत हुन आउँछ । क्षेत्र नम्बर ५ पछि कम मत क्षेत्र नम्बर १ रहेको छ । क्षेत्र नम्बर १ मा एक लाख ६ हजार सात सय तीन मतदाता रहेकोमा ६३ हजार सात सय ७८ मत खसेको छ । जसको ६० प्रतिशत हुन्छ ।

क्षेत्र नम्बर १ पछि कम मत क्षेत्र नम्बर ३ रहेको छ । क्षेत्र नम्बर ३ मा एक लाख सात हजार ६ सय ५९ मतदाता रहेकोमा ६३ हजार चार सय ७५ मत खसेको हो । जसको ५९ प्रतिशत हुन आउछ । क्षेत्र नम्बर ३ पछि क्षेत्र नम्बर २ मा कम मत खसेको छ । क्षेत्र नम्बर २ मा एक लाख चार हजार नौ सय ६ मतदाता रहेकोमा ६० हजार सात सय ३० मत मात्रै खसेको छ । जसको ५८ प्रतिशत मात्रै मत खसेको हो ।

यस्तै कैलालीका प्रतिनिधि सभाको तुलनामा प्रदेशका क्षेत्र गत रुपमा हेर्ने हो भने १ (क) र २ (ख) मा पनि कम मत खसेको छ । प्रदेशका क्षेत्र गतको मतदातामा १ को दुई लाख ७५ हजार सात सय २० मतदाता रहेकोमा १ लाख ६९ हजार ५ सय ७१ मत खसेको छ । जसको ६१.५ प्रतिशत हुन आउछ ।

यस्तै क्षेत्र २ मा दुई लाख ५९ हजार सात सय ९४ मतदाता रहेकोमा एक लाख ४७ हजार चार सय ५१ मत खसेको छ । जसको ५६.७ प्रतिशत मत खसेको छ ।

Malpot office dadeldhura

क्षेत्र गत हेर्दा सबै भन्दा बढी क्षेत्र नम्बर ५ को प्रदेशका क्षेत्रमा खसेको छ भने सबै भन्दा कम क्षेत्र नम्बर २ मा खसेको हो । क्षेत्र नम्बर ५ को प्रदेशको क्षेत्र १ (क) मा ५७ हजार नौ सय ५५ मतदाता रहेकोमा ३७ हजार दुई सय २९ मत मात्रै खसेको छ । जसको ६४.२ प्रतिशत हुन्छ ।

प्रदेश क्षेत्र नम्बर २ (ख) को ४७ हजार आठ सय ३८ मतदाता रहेकोमा २८ हजार तीन सय ६७ मत मात्रै खसेको छ । जसको ५९।२ प्रतिशत हुन्छ ।
सबै भन्दा कम मत क्षेत्र नम्बर २ मा खसेको छ ।

क्षेत्र नम्बर २ को प्रदेशको क्षेत्र १ (क) मा ५६ हजार तीन सय ४२ मतदाता रहेकोमा ३१ हजार नौ सय ६६ मत खसेको छ । जसको ५६.७ प्रतिशत हुन्छ । क्षेत्र २ (ख) मा ४८ हजार पाँच सय ६४ मतदाता रहेकोमा २८ हजार सात सय ६४ मत खसेको छ । जसको ५९.२ प्रतिशत हुन्छ ।

क्षेत्र नम्बर ५ पछि सबै भन्दा बढी मत खसेको क्षेत्र ३ मा छ । क्षेत्र नम्बर ३ को प्रदेशको क्षेत्र १ (क) मा ५४ हजार दुई सय आठ मतदाता रहेकोमा ३३ हजार तीन सय २२ मत खसेको छ । जसको ६१.४ प्रतिशत हुन्छ ।

प्रदेश क्षेत्र नम्बर २ (ख) को ५३ हजार चार सय ५१ मतदाता रहेकोमा ३० हजार एक सय ५३ मत खसेको थियो । जसको ५६.४ प्रतिशत हुन्छ ।
क्षेत्र नम्बर ३ पछि क्षेत्र नम्बर ४ मा खसेको छ ।

क्षेत्र नम्बर ४ को प्रदेशको क्षेत्र १ (क) मा ५४ हजार ६ सय ३४ मतदाता रहेकोमा ३२ हजार ४ सय ८४ मत खसेको छ । जसको ५९.४ प्रतिशत हुन्छ । क्षेत्र २(ख) मा ५५ हजार आठ सय १९ मतदाता रहेकोमा ३० हजार नौ सय ५९ मत खसेको छ । जसको ५५.४ प्रतिशत हुन्छ ।

क्षेत्र नम्बर ४ पछि क्षेत्र नम्बर १ मा खसेको छ । क्षेत्र नम्बर १ को प्रदेशको क्षेत्र १ (क) मा ५२ हजार ५ सय ८१ मतदाता रहेकोमा ३४ हजार ५ सय ७० मत खसेको छ । जसको ६५.७ प्रतिशत हुन्छ । क्षेत्र २ (ख) मा ५४ हजार एक सय २२ मतदाता रहेकोमा २९ हजार दुई सय आठ मत खसेको छ । जसको ५३.९ प्रतिशत हुन्छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी राजेश चौधरीले मतदाताहरु मतदानमा सहभागिता नहुँदा नै कम मत खसेको हुनसक्ने बताए । आफूहरुले १५ दिनसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको भएपनि मतदाताको सहभागिता कम भएको उनले बताए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...