सुदुरपश्चिम महोत्सवको ५० प्रतिशत काम सम्पन्न

धनगढी- यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने सुदुरपश्चिम महोत्सबको तयारी ५० प्रतिशत काम सम्पन्न भएको आयोजकले जनाएको छ। शुक्रवार कैलाली उद्योग बाणिज्य सँघको सभाहलमा आयोजना गरिएको पत्रकार सम्बेलनमा सो बारेमा जानकारी गराइएको हो। १६ औँ संस्करणको महोत्सबको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवा मार्फत उद्घाटनकालागी उद्योग बाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारी काठमाण्डौँमा गएको कार्यकारी निर्देशक गोमा अधिकारी बताइन्।

उनले सुदुरपश्चिम महोत्सब सञ्चालन देखी सम्पन्न अवधीसम्म शान्ती सुरक्षाका लागी जिल्ला प्रशासन र जिल्लाका प्रहरी कार्यालयहरुमा पत्राचार गरिएको बताइन् । स्थानिय निकाय र निजी संघ संस्था मार्फत ऐम्बुलेन्सको तयारी गरेको बताइन्। सर्बसाधारणका लागी १०० रुपैयाँ टिकट र बिद्यार्थीहरुलाई आइडि कार्ड मार्फत ५० प्रतिशत छुट दिइने छ। यस्तै स्थानिय उत्पादन, कृर्षि प्रर्दशनीलाई प्राथमिकता दिइने छ । धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुने यस्तै कैलाली उद्योग बाणिज्य सँघका महासचिब ओम बिष्टले जानकारी दिए।

सुदुरपश्चिम महोत्सव २०६३ साल देखि सन्चालन हुदै आएको छ। यस बर्षको महोत्सव आउन अब १३ दिन बाँकी रहेको बताउँदै महासचिव बिष्टले तयारी तीव्र पारिएको बताए। यति बेला बिभिन्न समस्या र धनगढी बजार बिस्तार एवं सडक चौडा पार्ने क्रममा ब्यवसायी थला परेको जानकारी दिए। सो समस्या परेका ब्यवसायीलाई कैलाली उधोग वाणिज्य संघले महोत्सव स्टलमा छुट दिने व्यवस्था गरिएको बताए।

कैलाली उधोग वाणिज्य संघमा दर्ता भएकालाई ५० प्रतिशत र दर्ता नभएकालाई १० प्रतिशत छुट दिइने जानकारी दिए। यस्तै महोत्सव सन्चालनका लागि महोत्सव स्थलको समस्या रहेको बताए। यस्ता लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने जानकारी दिए। उनले भने, हाम्रो उद्देश्य सुदुरपश्चिम महोत्सवबाट महोत्सवमा लागेको लगानी उठोस् र स्थानीय कला, संस्कृति पर्यटन र पहिचानको उजागर होस् भन्ने हो।

लागत अनुमान दुई करोड हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने आँकलन गरिएको उनले बताए। उनका अनुसार महोत्सवमा कृषि, जडिवुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरि ५०० जति संख्याको स्टलहरु रहने छन्। स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने महोत्सवलाई करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ।

महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मूल समिति सहित २६ उप–समिति गठन गरिएको छ।महोत्सवबाटै सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाहरुको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, साँस्कृति कला, खानपान, भाषाको संरक्षण गर्दै व्यवसायिक सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ। यस वर्षको महोत्सवमा रमाइलो मेलामा केही फरक देख्न सकिने बताए ।

 

 

Saram-office-2079-080
Leave A Reply

Your email address will not be published.