कैलालीको गोदावरी १२ मा कम्प्युटर तालिम सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ मा कम्प्युटर तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा बि एण्ड बि कम्प्युटर ईन्स्टिच्युटले तालीम सुरु गरेको हो । शनिबार एक औपचारीक कार्यक्रमका बिच तालिमको उद्घाटन गरिएको छ ।

ईन्स्टिच्युटका सञ्चालक विष्णु बि.क को सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहनु भएको थियो । त्यस्तै विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्का र वडा नं. ११ का वडाध्यक्ष प्रेम सिँ बडैला रहेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले वर्तमान समयमा कम्प्युटरको महत्व एकदमै बढी रहेको बताए । उनले वर्तमान समय प्रविधिको समय भएकाले प्रविधिसँग चल्नका लागी पनि कम्प्युटर सिक्न आवश्यक रहेको बताएका छन् । उनले कम्प्युटर सिक्नु भनेको ज्ञान हासिल गर्नुपर्ने भएकाले ज्ञान लिने कुरामा टाढिन नहुने बताए ।

उनले गोदावरीका ११ र १२ नम्बर वडा हरेक कुरामा पछाडी परेका वडाहरु भएकाले यहाँका हरेक नागरिक आर्थिक दृष्ट्रिकोणले पनि पछाडी परेका उनले बताए । उनले आर्थिक समस्याकै कारण यहाँका कतिपय बालबालिकाहरु प्रविधिको पहुँचमा पुग्न नसकेको समेत बताए । प्रविधिको पहुँच र ज्ञान नहुँदा नै बेरोजगारी बढेको र बेरोजगारीका कारण आर्थिक समस्या हुने गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्काले विकट वडाका रुपमा रहेकाले यहाँका विद्यार्थीहरुले कम्प्युटर सिक्न अत्तरिया जानुपर्ने बाध्यताको अन्त्य गर्न तालिमको आयोजना गरिएको बताए । उनले आफुले वडाका युवाहरुको कम्प्युटर सिक्ने चाहना र अत्तरिया जानुपर्ने बाध्यतालाई ध्यानमा राखी २०७४ सालदेखी नै वडामा कम्प्युटर सिकाईको तालिम सञ्चालन गर्दै आएको बताए ।

उनले वडामा प्रत्येक वर्ष विद्यार्थीहरुलाई बेसिक र डिप्लोमा कोर्सहरु सिकाईरहेको बताए । उनले वडाकै तालिमका कारण कतिपय विद्यार्थीहरु रोजगार समेत बनेको उनले बताए । उनले वडाले लगाएको लगानीको राम्रो प्रतिफल आएकाले पुनः यस वर्ष पनि कम्प्युटर तालिम आयोजना गरिएको बताए । उनले देशको बागडोर सम्हालेका युवाहरुलाई नराम्रो बाटोमा लाग्न बाट बचाउन पनि तालिमले सहयोग पुर्‍याएको बताए ।

त्यस्तै वडा नं. ११ का वडाध्यक्ष प्रेम सिँ बडैलाले वडाले वडाबासी युवाहरुको भविष्यका लागी तालिमको आयोजना गरेको बताए । उनले युवाहरुले ईमान्दार र संवेदनशिल बनेर वडाले गरेको लगानीको प्रतिफल लिने काम गर्नुपर्ने बताए ।

उनले वडाले आफुप्रति गरेको लगानीलाई सफल बनाउन लगनशिलताका साथ ज्ञान र सीप लिन विद्यार्थीहरुलाई अनुरोध गरे । उनले विगतमा नभएपनि बर्तमान अवस्थामा कम्प्युटरको महत्व अनिवार्य युवाहरुले समृद्ध भविष्यका लागी पनि प्रविधि सँग जोडिन आवश्यक रहेको बताए । कार्यक्रमको सञ्चालन सोही वडाका स्थानिय लोकराज ओझाले गरेका थिए ।

Saram-office-2079-080
Leave A Reply

Your email address will not be published.