कैलाली क्षेत्र नम्वर ४ मा ७ उम्मेदवारको जमानत जफत

अत्तरिया– कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका १० मध्ये ७ उम्मेदवारको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका ७ जना उम्मेदवारको जमानत जफत भएको हो।

जमानत जफत हुनेमा २ हजार २२१ मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द प्रसाद भट्ट, १ हजार ४६५ मत पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका जय बहादुर धामी, १९९ मत पाएका मौलिक जरोकिलो पार्टीका चेतराज साउँद, १२६ मत पाएका स्वतन्त्र उम्मेदवार मेखराज जोशी, ६२ मत पाएका नेपाल मजदुर किसान पार्टीका सिताराम पण्डित र ६१ मत पाएका नेपाल संघिय समाजवादी पार्टीका भिम बहादुर थापा मगर र ४८ मत पाएका जनता प्रगतिशिल पार्टीका मोहनदेव मिश्र रहेका छन्।

Navadurga sun

निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ। निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार वीर बहादुर बलायरले ४४ प्रतिशत, उनका प्रतिस्पर्धी एमालेका लेखराज भट्टले ३६ प्रतिशत र नागरिक उन्मुक्ति पार्टीले साढे १० प्रतिशत मत पाएका छन्। कैलाली क्षेत्र नम्बर ४ मा कुल ६३ हजार ३८६ मत खसेकोमा ५९ हजार २३३ मत सदर भएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...