कैलाली-४ मा गठबन्धनका उम्मेदवार बलायर निर्वाचित

अत्तरिया- कैलाली क्षेत्र नम्वर ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर निर्वाचित भएका छन् । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्बाचनमा बलायर २६ हजार १७१ मत पाएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्दी एमालेका केन्द्रीय सचिब लेखराज भट्ट २२ हजार ५८७ मत पाएर पराजित भएका छन् ।

बलायरलाई गठबन्धनमा रहेका सबै उम्मेदवारको समर्थन रहेको थियो । बलायरले गौरीगंगा र चुरे क्षेत्रबाट पर्याप्त मत पाएका छन् । एमाले उम्मेदवार भट्टले भने गोदावरी र चुरेमा संतोषजनक मत पाए पनि गौरीगंगामा भने लिड गर्न सकेनन् । बलायर डोटी काँग्रेसका स्थापित नेता हुन ।

डोटीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र गठबन्धनको तर्फबाट समाजबादीको भागमा परेपछि बलायरलाई काँग्रेसले कैलाली-४ मा टिकट दिएको थियो । यसै बिच बलायरका समर्थकहरुले खुशियाली मनाउन शुरु गरेका छन् ।

Leave A Reply

Your email address will not be published.