डडेल्धुराबाट देउवा सातौं पटक निर्वाचित

डडेल्धुरा– एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

Bhancha ghar0

बुधबार बिहान प्राप्त मत गणना अनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन् । प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ रहेको छ । नेपाली कांग्रेस बीपीका उम्मेदवार कणर्बहादुर मल्ल ७ हजार ५३५ मत ल्याए । देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन् ।

प्रधानमन्त्री देउवाले हालसम्म डडेल्धुराबाट सातौं पटक २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन जितेका हुन् । देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीमा छन् । तर, उनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनौती दिएका छन् ।

Leave A Reply

Your email address will not be published.