दार्चुला– दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर-१ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह धामी विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार हरदेब जोशीलाई १५ हजार १सय २७ मतान्तरले पराजित गर्दै धामी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४ सय ५१ मत प्राप्त गरेका थिए ।

दार्चुलाको प्रदेशसभा क्षेत्र १ मा जम्मा मतदाता संख्या ५१ हजार ४७ मतदाता रहेकोमा ३१ हजार ५ सय ४२ मत खसेको थियो ।
जस मध्ये ११ सय ३४ मत बदर भएका थिए भने ३० हजार ४ सय ८ मत सदर भएका थिए । प्रदेशसभा क बाट स्वतन्त्र उम्मेदवार शंकर सिंह धामीले १४ सय १८ मत ल्याएका थिए । बिक्रमसिंह धामी १५ हजार १ सय २७ मत ल्याई विजय घोषणा भएको निर्वाचन आयोग दार्चुला ले जनाएको छ ।
