अत्तरिया– नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टकलाई अज्ञात समुहले घरमै प्रवेश गरेर ज्यान मार्ने धम्की दिएको घटनापछि भट्टको निवासमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।






इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र पाण्डेयले दुई जना प्रहरी र ५ जना म्यादी प्रहरी खटाइएको बताए ।





कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका भट्टको अत्तरियास्थित निवासमा प्रवेश गरेर मंगलबार दुई जनाले ज्यान मार्ने धम्की दिएका थिए । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताएको छ ।




