सुरक्षा योजना अनुसार जिल्लाका ६२९ मतदान केन्द्रमा पर्याप्त मात्रामा प्रहरी परिचालन

धनगढी- आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न कैलालीको सुरक्षा व्यवस्थामा मजबुत बनाइएको छ ।

गृह मन्त्रालयले सुरक्षाका दृष्टिकोणले कैलालीलाई अति संवेदनशिल जिल्लामा राखेपछि यहाँको सुरक्षा व्यवस्था पनि सोही अनुसार मिलाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले निर्वाचन केन्द्रीत सुरक्षा योजना अनुसार जिल्लाका ६२९ मतदान केन्द्रमा पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

Navadurga sun

जोशीका अनुसार जिल्लाभर एक हजार ७३२ जना प्रहरी र २८ सय १२ जना म्यादी प्रहरी परिचालन गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीबाट समेत सोही हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । डीएसपी जोशीले मतदान केन्द्रमा खटिएका बाहेक जिल्लामा आस्मिक रुपमा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै छुट्टै मोबाईल टोली पनि खटाइएको छ ।

डीएसपी र प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा रहने मोबाईल टोली १३ वटै स्थानीय तहमा खटाइएको छ । धनगढी उपमहानगरपालिकामा ३ वटा मोबाईल भ्यान र अन्य १२ वटा नगरपालिका र गाउँपालिकामा २-२ वटा मोबाईल भ्यानमा टोली खटिनेछ ।

त्यसरी खटाइएको मोबाईल टोलीले सम्बन्धीत स्थानीय तहभित्र पर्ने मतदान केन्द्र वा अन्य ठाउँमा भइपरी आउने घटनामा तत्काल एक्सन लिने प्रहरीले जनाएको छ ।

ADD Khali jpg
Loading...