कैलालीमा चुनावका दिन सवारी साधन बन्द हुने

धनगढी- कैलालीमा चुनावका दिन सार्वजनिक सवारी साधन संञ्चालन गर्न नपाइने भएको छ । मंसिर ४ गते आइतबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना मार्फत जनाएको छ ।

मतदानको दिन एम्बुलेन्स, शववाहन, दमकल, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन, फोहोर मैला ओसारपोसार गर्ने सवारी साधन, आकस्मिक बिरामी बोकेका गाडी बाँहेक अरु गाडी सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

Navadurga sun

मतदानको दिन अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने उनले बताएका छन् । त्यस्तै उम्मेदवार, उम्मेदवारको एक जना निर्वाचन प्रतिनिधिले पास लिनुपर्ने र पास लिएका गाडी मात्रै सञ्चालन हुने बताइएको छ ।

पास लिएका गाडीमा पनि परिचयपत्र बाँहेकका व्यक्ति, मतदाताहरुलाई बोक्न पाइने छैन् भने मतदान केन्द्रमा गाडि लैजान पाइने छैन् ।
मतदानको दिन कसैले मापदण्ड विपरित सवारी साधन प्रयोग गरेको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...