अत्तरिया- कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालले आफ्नो १७ औं वार्षिकोत्सब बिबिध कार्यक्रम गरी मनाएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष गजेन्द्रबिर चन्दले अस्पताललाई आजको अबस्थामा ल्याउन सहयोग गर्ने स्थानिय , कर्मचारी र चिकित्सकको टिमलाई धन्यबाद समेत व्यक्त गरेकका थिए ।






उनले अबका दिनहरुमा पनि अस्पतालले सेवा सुबिधाहरु बिस्तार गर्दै लैजाने बताए । उनले अत्तरिया महेन्द्रनगररोडमा अस्पतालको आफ्नै भबन निर्माणको कार्य थालनी भएको समेत जानकारी दिए ।





अस्पतालकी प्रसाशन प्रमुख मन्जु साउँदले वार्षिकोत्सबको अबसरमा अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको बताईन । त्यस्तै उनले वार्षिकोत्सब कै अबसरमा ओपिडी र अन्य सेवामा ३० प्रतिशत छुटको ब्यबस्था गरिएको जानकारी दिईन ।




