नेकपा एमालेका उम्मेदवार भट्ट र साउँद भोट माग्दै

अत्तरिया– नेकपा एमालेले मंगलबार कैलालीको अत्तरिया घरदैलो गरेको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका लेखराज भट्ट र प्रदेश सभा ‘ख’ को उम्मेदवार बनेका हरी सिह साउँदले बजार क्षेत्रमा घरदैलो गरेका हुन ।

दुवै उम्मेदवारले अत्तरिया बजार क्षेत्रमा रहेका पसलहरुमा पुगेर व्यवसयी संग भोट मागेक थिए । एमाले सचिव समेत रहेका भट्ट यस क्षेत्रबाट चौथो पटक निर्वाचन लड्दै छन । उनी यसअघि २०६४ साल र २०७० सालमा संबिधान सभा निर्वाचन, २०७४ सालमा प्रतिनिधिसभा निर्वाचनमा चुनाव लडेका थिए । त्यसमध्ये २ चुनावमा उनी विजयी भएका थिए । यसअघिका तिन वटै निर्वाचन नेकपा माओवादी केन्द्रबाट लडेका भट्ट पहिलोपटक एमालेबाट चुनाव लड्दै छन ।

Navadurga sun

यस्तै प्रदेशसभाका उम्मेदवार बनेका साउँद यसअघि गोदावरी नगरपालिकाको मेयर रहिसकेका छन । उनी २०७४ सालमा भएको स्थानीय चुनावमा नेकपा एमालेबाटै मेयरमा निर्वाचित भएका थिए । ५ बर्ष मेयरको कार्यभार सम्हालेका साउँद पहिलो पटक प्रदेश सांसदको निर्वाचनमा होमिएका छन ।

उम्मेदवारी घोषणा पछि गाउँ गाउँमा गएर घरदैलो संगै चुनावी सभा गरेको एमालले निर्वाचन हुन ५ दिन बाँकी रहदा बजार क्षेत्रमा घरदैलो गरेको हो । घरदैलोका क्रममा एमालेका कार्यकर्ताहरुले गित बजाउँदै चुनावी पर्चा र नमुना मतपत्र वितरण गरिरहेका थिए ।

ADD Khali jpg
Loading...