कञ्चनपुरमा जेठ १५ सम्म निषेधाज्ञा

कञ्चनपुर, ५ जेठ- कञ्चनपुरमा जेठ १५ सम्म निषेधाज्ञाको समया अवधि थप गरिएको छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको भन्दै निषेधाज्ञाको समय चौथो पटक थपिएको हो ।

Dadeldhura hospital

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबारको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने निणर्य गरेको हो । जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा लागू गरिएको हो । यसअघि निषेधाज्ञाको समयावधि ३ पटक थप गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

निषेधाज्ञाको अवधिमा अत्यावश्यकबाहेकका सवारी साधन पूणर् रुपमा बन्द गरिएको छ । खाद्यान्नका पसलहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर हप्ताको दुई दिन आइतबार र बुधबार बिहान ३ घण्टामात्रै खुला गर्न पाइनेछ ।

Loading...