अत्तरिया– कैलालीको गोदावरी नगरपालिका स्थित बनदेवी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । बिश्वहिन्दु युवा संघ गोदावरी नगर बाल कमिटीले बनदेबि मन्दिरमा सरसफाइ गरेको हो ।
बिश्वहिन्दु युवा संघ गोदावरी नगर कमिटीका अध्यक्ष राजेश ओझाले कमिटीलाइ गादावरी नगरपालिकाबाट सहयोग मिलेमा हिन्दु धर्म लाई संरक्षण गर्न विभिन्न सास्कृति कार्यक्रम गर्ने बताए । यस्तै बिश्व हिन्दु युवा संघका सुदूरपश्चिम सदस्य मनिस खरेले आफुले गर्न सक्ने सहयोग गर्न तयार रहेको कुरा व्यक्त गरे ।

उक्त मन्दिर परिसर सरसफाइ कार्यक्रममा बिश्व हिन्दु युवा संघ सुदूरपश्चिम का सदस्य मनिश खरेल , त्रिनयन नेपालका अध्यक्ष जय धामी, अत्तरिया जुनियर जेसिज का अध्यक्ष लोक राज ओझा लगायत दर्जौनौ बढी को सहभागिता रहेको थियो ।
