गोदावरीमा प्रथम वडा कप फुटबल प्रतियोगिता २०७९ सुरु

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका २ मा ‘प्रथम वडा कप फुटबल प्रतियोगिता २०७९’ सुरु एको छ । गोदावरी नगरपालिका २ मा रहेको वनदेवी युवा क्लवको आयोजनामा आइतबार देखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रममा बीच वडा सदस्य डबल साउँदले उद्घाटन गरेका थिए । वडा कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा गोदावरी नगरपालिका भित्रका ७ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजयी हुने टिमले नगद ५० हजार र उपविजेता टिमले नगद २० हजार संगै ट्रफि र प्रमाणपत्र पाउने खेल संयोजक देव राज जोशीले बताए । प्रतियोगिता वनदेवी युवा क्लवको खेल मैदानमा संचालन भइरहेको छ ।

यसैबिच आइतबार भएको उद्घाटन खेलमा वडा नम्बर ८ को टिम विजयी भएको छ । उसले आयोजक वनदेवी युवा क्लवको वडा नम्बर २ को टिमलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको फाइनल खेल मंसिर १ गते हुने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.