हुस्सुले धनगढी–काठमाण्डौं उडान प्रभावित

धनगढी- धनगढी-काठमाण्डौं र काडमाण्डौं-धनगढी उडान प्रभावित भएको छ । शनिबार बिहानदेखि हुस्सु लागेकाले उडान प्रभावित भएका हुन् ।

शुक्रबार बिहान र शनिबार बिहान हुस्सुका कारण उडान प्रभावित भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

Navadurga sun

हुस्सुका कारण भिजिबिलिटी नभएपनि उडान प्रभावित भएको उनले बताए । धनगढी विमानस्थलमा कम भिजिबिलिटीमा उडान गर्नका लागि भिओआरडिएइ उपकरण जडान गरिएको छ ।

उक्त उपकरणको परिक्षण नभएकाले प्रयोगमा आउन सकेको छैन । ठुला जहाजहरुलाई कम्तीमा १ हजार ६ सय मिटरको भिजिबिलिटी आवश्यक हुने भट्टको भनाइ रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...