कैलालीमा डिजल बोकेको ट्याङ्कर नालामा पल्टियो

अत्तरिया- कैलालीमा डिजल बोकेको ट्याङ्कर नालामा पल्टिएको छ । जिल्लाको गोदावरी नगरपालिका ४ गोदावरी पुलस्थित अत्तरियाबाट डडेल्धुरा तिर गइरहेको ट्याङ्कर नालामा पल्टिएको हो ।

नाम ठेगाना खुल्न नआएको चालकले चलाएको से १ ख १२६३ नम्बरको डिजेल बोकेको ट्याङ्कर आफै अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा कुनै मानविय क्षती भने नभएको प्रहरीले बताएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...