लागुऔषध सहित दुई जना पक्राउ

धनगढी- धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । धनगढी-१ जोशी टाकिज नजिक कोठा गरी बस्ने बर्ष २० कि एलिसा चौधरीको कोठाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका ३ बस्ने २६ वर्षीय बिक्रम चौधरी र वडा नम्बर ४ बस्ने ३८ वर्षीय किसन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun

उनीहरुको साथबाट खैरो हेरोइन ५ ग्राम ३०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ADD Khali jpg
Loading...