धनगढी– सुदूरपश्चिम महोत्सव २०७९ मंसिर २२ देखि धनगढीमा हुने भएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी दिएको छ । साथै हरेक वर्ष मंसिर २२ देखि पुस २ सम्म सञ्चालन हुने गरेको भएपनि दुई वर्ष अघि कोरनाका कारणले हुन सकेको थिएन ।
आयोजक संघले यसपाली मंसिर २२ देखि पुस २ सम्म महोत्सव आयोजना गर्ने तयारी गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
आयोजक संघका अध्यक्ष पुष्पराज कुँवरले मंसिर २२ देदी पुस २ गते सम्म आयोजना हुने महोत्सवमा २ करोड भन्दा बढी लगानी हुने अनुमान गरिएको बताए । उनले महोत्सव अवधिमा ५ लाख जना दर्शकले अवलोकन गर्ने बताए । उनका अनुसार यसवर्षको महोत्सव चौधरी बुक डिपो नजिक पशुपति टोलमा रहेको खुला मैदानमा आयोजना गरिँदैछ । उनले महोत्सवमा ५ सय भन्दा बढी स्टल रहने बताए । महोत्सव अवधिभर १० करोडको कारोवार हुने अनुमान गरेको छ ।

व्यापार व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवले प्रदेशकै आर्थिक विकासमा सहयोग पुर्याउने अध्यक्ष कुँवरले बताए । उनले महोत्सवले पर्यटन, कला, संस्कृति, खानपानका परिकार लगायतको विकास र प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए । सुदूपश्चिम महोत्सव यस क्षेत्रको आर्थिक ,सामाजिक मुद्धामा केन्द्री हुने महोत्सव हो यो यस क्षेत्रको पर्वका रुपमा स्थापित भएको अध्यक्ष कुँवरले बताए ।
