

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउने भएका छन् । ओली कार्तिक २६ गते सुदूरपश्चिम आउन लागेका हुन् । उनले यँहा ३ चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिए ।




उनका अनुसार ओलीले २६ गतेका दिन बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।




