थप १२ अस्पतालमा अक्सिजन प्लान्ट बनाउन १७ करोड बजेट सुनिश्चित

काठमाडौं– मुलुकका विभिन्न स्थानका ११ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एक अस्पतालमा अक्सिजन पाइपलाइन स्थापना गर्न अर्थ मन्त्रालयले करिब १७ करोड रुपैयाँको सहमति प्रदान गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप १६ करोड ८० लाख खर्च गर्ने सहमति प्रदान गरेको हो ।

Dadeldhura hospital

यससँगै अब स्वास्थ्य मन्त्रालयले प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाउन सक्ने भएको हो । स्वास्थ्यले कुल १२ वटा अस्पतालका लागि रकम माग गरेको थियो । अर्थ मन्त्रालयका अनुसार दमौली अस्पताल तनहुँमा अक्सिजन पाइपलाइन विस्तार गर्न रकम स्वीकृत भएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यसबाहेक स्याङ्जा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल, अर्घाखाँची अस्पताल, पी चन्द्र अस्पताल (कपिलवस्तु), तौलिहवा अस्पताल, पाल्पा अस्पताल, बर्दिया अस्पताल, प्रादेशिक अस्पताल (दाङ), प्यूठान अस्पताल र तेह्रथुम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रकम स्वीकृति दिइएको हो ।

Loading...