तिहारमा पनि एमाले दार्चुलाको चुनावी अभियान

दार्चुला- नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्नालगायत उम्मेदवारको टोली घरदैलो अभियानमा व्यस्त छ। सबैलाई तिहारले छोइसक्दा पनि एमाले उम्मेदवार भने घरदैलोमार्फत मतदातासँगै तिहार मनाइरहेका हुन्।  मंगलबार ठगुन्नाको टोलीले शैल्यशिखर नगरपालिका–१ बलाँचमा भेटघाट गरेको छ। यहाँ भएको कार्यक्रममा कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी २० जना एमालेमा प्रवेश गरेको नेता लालबहादुर विकले जानकारी दिए।
Navadurga sun
प्रदेशसभा (२) का उम्मेदवार रामदत्त जोशीलगायतका नेताहरु पनि ठगुन्नासँगै घरदैलोमा छन्। प्रदेशसभा (१) का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली भने महाकाली नगरपालिका–६ मा घरदैलो गरिरहेको छ।  एमालेको प्रदेश समानुपातिक उम्मेदवार दीपा बुढाथोकी नेतृत्वको टोली नौगाड गाउँपालिकाको सिप्टी हुँदै मार्मा गाउँपालिका–६ मौरे पुगेको एमाले जिल्ला कमिटी दार्चुलाले जनाएको छ।
ADD Khali jpg
ADD Khali jpg
Loading...