चुरे ६ मा पाँचौ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

प्रकाशबहादुर बोहरा
अत्तरिया- चुरे गाउँपालिका-६ धनेडीमा पाँचौ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ‘राष्ट्रका लागी खेल, स्वास्थ्यका लागी खेल, खेल खेलौ स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ वडा कार्यालयको खेल मैदान चुरे ६ धनेडी कैलालीमा भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।

Navadurga sun

चुरे युवा क्लवका अध्यक्ष हर्क बोहराको अध्यक्षतामा भएको सम्पन्न भलिबल प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथी चुरे गाउँपालिका उपाध्यक्ष धना देवी थापा रहेकी थिइन् ।

त्यस्तै विशिष्ठ अतिथीमा चुरे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेम साउँद रहनु भएको थियो भने अतिथीमा समाजसेवी देवेन्द्र शाही, समाजसेवी लोक बहादुर सारु, संघ संस्थाका पदाधिकारीहरु, विभिन्न राजनितिक दललका प्रतिनिधीहरु, विद्यालयका प्र.अ. तथा शिक्षकहरु लागयतको उपस्थित रहेको थियो ।

भलिबल प्रतियोगितामा वयलागढी सामुदायिक वनको ए टिम प्रथम, चुरे सामुदायिक वन टिम द्वितीय र वयलागढी सामुदायिक वन बी टिम तृतीय भएका थिए । भलिबल प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो हुने टोलीलाई क्रमशः २० हजार, १२ हजार र ८ हजार नगद पुरस्कार मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा बेष्ट पिलियर बयागढी सा.व.ए टीमका कमल बोहरा बन्न सफल भए । त्यस्तै खेलको मुख्य एम्पायरमा ललित साउँद र सहायक एम्पाएरमा हर्क बहादुर साउँदले भुमिका निभाएका थिए ।

उक्त भलिबल प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ९ वटै टिम मध्ये अनुसाशित टिम श्री शिद्ध प्रगतिशिल सामुदायिक वन रहन सफल भएको छ ।

कार्यक्रम संयोज एवम क्लवका सचिव गणेश नाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन क्लबका प्रेस सल्लाहकार नरेश नाथ योगीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...