सन्दीपलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।लामिछानेलाई म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो तेस्रो पटक म्याद थपिएको हो।

पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो।

Navadurga sun

असोज २७ गते ५ दिनका लागि म्याद थप गरी अनुसन्धान गर्न अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो।त्यसपछि बुधबार थप चार दिन म्याद अदालतले दिएको हो। गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार
अदालतमा उपस्थित गराएको थियो।

अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरे पनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए।१७ वर्षीया भनिएकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए।असोज २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी पेस गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...