प्रदेश सरकारले गेटामा निर्माणाधिन आइसोलेशनमा जनशक्तिको व्यवस्थापन गर्ने

अत्तरिया, ४ जेठ- कोरोना बिरामीहरुको लागी गेटामा निर्माणाधिन होल्डिङ सेन्टर र आइसोलेशनमा प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन गरेर सहयोग गर्ने भएको छ ।

Dadeldhura hospital

प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त निर्माणाधिन आइसोलेशनमा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने भएको हो । मन्त्रालयको मन्त्रीस्तरिय निणर्यले २० जना स्वास्थकर्मीलाई गेटामा निर्माणाधिन आइसोलेशनमा खटाउने निणर्य भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर जगदीश जोशीले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

गेटामा आसोलेशनको लागि मन्त्रालयले २ जना बिषेशज्ञ चिकित्सक, २ जना मेडिकल अफिसर, ५ जना स्टाफ नर्स, २ जना हेल्थ असिसटेन्ट, २ जना अहेब, २ जना अनमी, २ जना ल्याब टेक्निसियन र ल्याव अिसस्टेन्ट तथा ३ जना सरसफाईकर्मी गरी २० जनालाई खटाउने भएको छ ।

Loading...