बझाङमा ५६ मतदानस्थल अति संवेदनशील

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बझाङमा ५६ मतदानस्थल अति संवेदनशील तोकिएको छ। १३५ मध्ये ५६ मतदानस्थल अति संवेदनशील, ५८ संवेदनशील तथा २१ वटा सामान्य गरी तीन चरणमा मतदानस्थलको वर्गीकरण गरिएको छ।जिल्लामा जम्मा १८४ मतदान केन्द्र तोकिएको छ। यस्तै जिल्लामा एक लाख २२ हजार ३ ७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए। जिल्लामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र छन्।

Ganyapdhura gau
Dadeldhura hospital

गत स्थानीय तहको निर्वाचनमा १८४ मतदान केन्द्र र १३३ मतदानस्थल रहेका थिए । आगामी निर्वाचनका लागि जिल्लामा वटा मतदानस्थल थप भएका छन् भने ४ वटा मतदानस्थलको स्थान परिवर्तन भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गौतमले बताए।

Navadurga sun
Godawari sandesh

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्ला निर्वाचन सुरक्षा समितिको बैठक बसेर सुरक्षा योजना बनाएर यसको कार्यान्वयन भइसकेको बताउँदै जनशक्ति व्यवस्थापनका लागि तथ्यांक माग गरेको बताए। निर्वाचन आचारसंहिताको पनि अनुगमन भइरहेको उनले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार जिल्लामा निर्वाचनको सुरक्षालाई मध्येनजर गर्दै ११ हजार ८८ जना म्यादी प्रहरी छनोट गरिएको छ। मतदानस्थलगत रूपमा कति सुरक्षाकर्मी परिचालन गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनको भनाइ छ।

Couple
Loading...