धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

Bhancha ghar0

धनगढी- कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान धनगढी उपमहानगरपालिका- १३ कैलालीगाँउ जाने भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३१ वर्षीय दुर्गा ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी आफैंले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालामा पल्टेको थियो। ओझालाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको भए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.