धनगढी– कैलालीको क्षेत्र नम्बर ५ मा प्रतिनिभि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझाले चुनाव चिह्न माछा पाएका छन् । गत निर्वाचनमा काँग्रेस नेत्री आरजु राणा देउवालाई हराउन भूमिका खेलेको भन्दै उनलाई कारबाही गरिएको थियो ।
यस्तै क्षेत्र नम्बर ५ प्रदेश सभा ‘२’ मा प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय प्रकाश देउवाविरुद्ध बागी उम्मेदवार बनेका छितिज भण्डारीले चुनाव चिह्न केराको काइयो पाएका छन् । त्यसैगरी प्रदेश सभा ‘१’ मा स्वतन्त्र उम्मेदवार बनेका रमेश कुमार बस्नेतले पनि चुनाव चिह्न केराको काइयो पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
