बैतडीमा १ जनाले लिए उम्मेदवारी फिर्ता

Purbadhar dadeldhura

बैतडी– बैतडीमा प्रतिनिधिसभातर्फबाट उम्मेदवारी दर्ता गराएका एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्ट छन् । उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । उनले बुधबार दिउँसो १ बजे उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Malpot office dadeldhura

नेता भट्टले आफूले उम्मेदवारी फिर्ता लिएको र गठबन्धनलाई सघाउने बताए । बैतडीका सहायक निर्वाचन अधिकृत तीर्थराज अर्चायका अनुसार प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ४ जनामध्ये तीन जनाले भने उम्मेदवारी फिर्ता लिएका छैनन् ।

प्रदेशसभा क्षेत्र नं. (१) बाट उम्मेदवारी दिएका कांग्रेस नेता हरिमोन भण्डारीले भने उम्मेदवारी फिर्ता लिएनन् । यसै क्षेत्रका लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता नरेन्द्र भट्टले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । गठबन्धनमा बैतडीमा प्रतिनीधिसभातर्फ नेकपा (माओवादी केन्द्र) र प्रदेशसभाका दुवै सिट कांग्रेसको भागमा परेको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...