उम्मेदवारको फोटो राखेर बधाई दिने, लाइक र सेयर गर्ने कर्मचारी, शिक्षकमाथि कारबाही

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै बधाई दिने सरकारी कर्मचारी र शिक्षकहरूमाथि निगरानी बढाएको छ। कतिपय सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा सोमा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरूले उम्मेदवारहरूसँग तस्बिर खिचाएर बधाई दिने, शुभकामना दिने गरेको पाइएकोले आयोगले कडाइ गरेको छ।

शिक्षक तथा कर्मचारीले राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्री सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) लगायतमा सेयर र लाइक गरेका घटना अनुगनका क्रममा पाइएकोले आयोगले आवश्यक कारबाही सुरू गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाजिका सञ्जालमार्फत मत माग्न नहुने पनि आयोगले शिक्षक तथा कर्मचारीलाई सम्झाएको छ। यो व्यवस्था उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोधिने र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...