कैलालीमा गोहीले बाख्रा मार्यो

धनगढी- कैलालीमा गोहीको आक्रमणमा परेर बाख्राको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ सुन्दरपुरमा रहेको घोडाघोडीको शाखा ताल टेडी पर्सिनियामा रहेको मगर गोहीले स्थानीय डेगबहादुर खत्रीको बाख्रालाई मारेको हो ।

तालको ड्याममा चरिरहेको बाख्रालाई मगर गोहीले आक्रमण गरेर तालमा लगेको थियो । स्थानीयले गोहीबाट बाख्रा छुटाएका छन् ।

तबसम्म बाख्राको ज्यान गइसकेको थियो । तालमा रहेको गोहीले मानिसलाई पनि आक्रमण गर्न सक्ने भएकाले सबै सचेत हुन आवश्यक रहेको स्थानीय शिक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.