सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा आईतबार देखि बिजुली छैन

डडेल्धुरा- कैलालीको गोदवरिमा बिजुलिको टावर ढले पछि आईतबार बेलुकी देखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाहरुमा बिजुली छैन । आईतबार बेलुकी ६:०० बजेको समयमा गोदवरिको भ्यागुतेपानीमा बिजुलिको टावर ढलेको बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख निरंजन शाहले जानकारी दिए ।

Ganyapdhura gau
Dadeldhura hospital

बिजुली नहुदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ । आईतबार राती स्थानीय अन्धकारमा बस्न बाध्य भए । बिद्युतबाट हुने काम्काज ठप्प छन । टावर भत्किए पछि वैकल्पिक उपायको काम भइरहेको उनले बताए । पोल गाड्ने र पुरानो लाईनबाट बिद्युत प्रवाह गर्ने काम भइरहेको उनले बताए।

Navadurga sun
Godawari sandesh

पुरानो लाईनबाट ल्याउदा भार धेरै हुने र बेला बेलामा बत्ती जाने समस्या हुने उनले बताए। मौसम बदली र हल्का बर्षाले काम गर्न समस्या भइरहेको छ । उनले भने, आज बेलुकी सम्म बत्ती बाल्ने प्रयास गरिरहेका छौ।

Couple
Loading...