पक्राउ गरेको चार दिनपछि सन्दीपलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदै छ। चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो।

सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो। पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

Navadurga sun

सन्दीपमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छिन्। प्रहरीले सन्दीपलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...