धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष, रेशम चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दर्ता गराएकी छिन । प्रतिनिधि सभा सदस्यका लागि उनले मनोनयन दर्ता गराएकी हुन् ।
कैलाली क्षेत्र नं १ को संघीय सदस्य तथा प्रदेश सदस्य क र ख को लागि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचन कार्यालय टिकापुरमा बिधिवत उम्मेदवारी दर्ता गरिएको जनाइएको छ । जस अनुसार कैलाली १ (क) बाट कैलाश चौधरी र (ख) बाट लक्ष्मण किशोर चौधरीले पनि उमेदवारी दर्ता गराएका छन ।
