बैतडीमा अविरल वर्षाका कारण विद्यालय भवन भत्कियो

धनगढी- बैतडीमा लगातारको वर्षाका कारण एक विद्यालयको भवन भत्किएको छ। पाटन नगरपालिका-३ बुङडास्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्किएको हो।

तीन कोठे भवन भत्किएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र विष्टले बताए। एक कोठे भवन भत्किने अवस्थामा रहेको उनको भनाइ छ। कक्षा पाँचसम्म पढाइ हुने विद्यालयका जीर्ण अवस्थामा रहेका पुराना भवन केही दिनदेखिको लगातारको वर्षाले भत्किएका छन्। दसैं र तिहार बिदाका कारण अहिले विद्यालय बन्द रहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...